ताजा अपडेट »

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई भोलिदेखि बुस्टर डोज

विहीबार, २६ जेठ २०७९, १४ : २१
18 Shares

काठमाडौं : सरकारले बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्तरीय मंगलबार बसेको बैठकले भोलिदेखि बुस्टर डोज दिने निर्णय गरेको हो । यो १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि कोरोनाविरुद्धको बुस्टर डोज दिइनेछ ।

बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत् परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले मोर्डना र फाइजर खोपको दुई मात्रा लगाइ तीन महिना पुरा भएकालाई खोप लगाइने अन्नपूर्णलाई जानकारी दिए।'पहिले जुन खोप लिइएको छ । त्यहि खोप लगाइन्छ । पहिला खोप सञ्चालन गरेको केन्द्र तथा वडा कार्यालयमा कार्यक्रम सञ्चालन गर्न भनेका छौं ।'

फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । यस्तै, स्वास्थ्य मन्त्रालयले असार ९ बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी थालेको छ।

खोप शाखा प्रमुख दाहालका अनुसार सो समूहका बालबालिकालाई फाइजर खोप दिइनेछ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।