ताजा अपडेट »

जनप्रतिनिधिले अझै पनि सम्पत्ति विवरण सार्वजनिक गरेनन्

बुधबार, २५ जेठ २०७९, १० : २५
18 Shares

दाङ । स्थानीय तहमा दोस्रो कार्यकालको लागि जनप्रतिनिधि निर्वाचित भएर काम सुरु गरिसक्दा पनि निवर्तमान जनप्रतिनिधिले अझै पनि सम्पति विवरण सार्वजनिक गरेका छैनन् । दाङका दुई उपमहानगर पालिकासहित १० वटै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म सम्पति विवरण सार्वजनिक नगरेका हुन् ।

सार्वजनिक पदधारण गरेपछि जनप्रतिनिधिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्ने भएपनि सम्पति विवरण पारदर्शी बनाउन जनप्रतिनिधिले आनाकानी गरेका छन् ।जनप्रतिनिधिले निर्वाचित भएर आइसकेपछि कार्यकाल नसकिदासम्म प्रत्येक वर्ष आफ्नो सम्पति सार्वजनिक गर्नुपर्ने भएपनि जिल्लामा कुनै पनि जनप्रतिनिधिले आफ्नो सम्पति सार्वजनिक नगरेको देखिएको छ ।

१० वटै पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य सबैले सम्पति विवरण असहलेसम्म सार्वजनिक नगरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी