१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

मंसिर ७,
ग्लोबल आवाज
बुटवल । प्रदेश सरकारले प्रदेशको ड्रिम प्रोजेक्टका रुपमा अगाडी बढाउन लागेको लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तार, संरचनागत विकास र निमार्ण कार्यमा अवरोध पुग्ने गरि कुनै पनि कार्य नगर्न सो अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्र खनालले आग्रह गरेका छन् । डा. खनालले १ सय बर्षभन्दा बढीको इतिहास बोकेको अस्पतालको सेवा र सुविधा तथा भौतिक संरचनाको अवस्था सेवाग्रहीहरुको मन जित्ने तथा सन्तोषजनक नभएकोप्रति संवेदनशिल बनेर सोंच्ने अवस्था आएको बताए ।

रोटरी क्लब अफ बुटवलको शनिवार बसेको १२८६ औं नियमित बैठकमा उपश्थित डा. खनालले नेपालको स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार जरुरी रहेको उल्लेख गर्दै लुम्बिनी प्रादेशीक अस्पताललाई अब योजनाबद्ध रुपमा स्तरबृद्धि गर्न नसके आम नागरिकले आवश्क स्वास्थ्य सेवा पाउन नसक्ने अवस्था आउने बताए । उनले अस्पतालको जग्गाको व्यवस्थापन गर्दै त्यसमा आवश्यक भौतिक संरचनाको निमार्ण गर्ने र उच्च चिकित्सकिय सेवाहरुको प्रावहा गर्ने रणनीतिक योजना अनुसार अबको काम अगाढी बढ्ने दावी गरे । डा. खनालले हाल रहेको अपस्तालका सटरहरु भत्काएर १० तलाको अत्याधुनिक भवन निमार्ण गरि त्यसबाट सेवा प्रदान गर्ने प्रोजेक्ट प्रदेश सरकारले तयार पारेकोहुँदा अब त्यसबाट अस्पताल प्रशासन पछाडी हट्न नसक्ने जिकिर गरे । खनालले जनताले स्वाश्थ्य सेवा गुणस्तरिय नपाएको गुनासो गर्नुलाई आफुले अन्यथा नलिएको बताउँदै चिकित्सक र स्वास्थ्यकर्मीहरु भित्र मौलाएको पेशागत अनुशासन हिनताले पेशा बदनाम भएको भन्दै चिन्ता व्यक्त गरे । उनले चिकित्सकहरुका गलत कार्यको सहि तरिकाले विरोध गर्ने काम नहुने र विरोधका नाममा अन्धो भएर विरोध गर्दा हतोत्साहित बनाउने काम भैरहेकोप्रति सचेत नागरिक सजक हुनु पर्ने सुझाव दिए ।

चिकित्सकहरुले आफुलाई जनताबाट विश्वास र सम्मान जुटाउन आफ्नो सेवालाई विश्वस्त जिम्मेवार बनाउन सक्नु पर्ने धारणा राख्नु राखे । डा. खनालले सो अवसरमा आफुले चिकित्सक सेवामा पु¥याउँदै आएको सेवा र त्यसक्रममा आफुले देखेको नेपाली समाजको अवस्थाका बारेमा अनुभव व्यक्त गरेका थिए । क्लबका अध्यक्ष दिल्लीकुमार श्रेष्ठको अध्यक्षता, सचिव शिव कुमार ज्ञवालीको सञ्चालन तथा रोहिणी श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा गोपाल अधिकारी, मणिरत्न पाण्डे, सावी बिके, मधु आर्याल लगायत बोलेएका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य