२१ माघ २०७९, शनिबार

Feb 4, 2023

पोखरा । पोखराको मनिपाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले परिसरमै धर्ना सुरु गरेका हुन् ।

Advertisement

यसअघि दिँदै आएको सुविधासमेत कटौती गरेको उनीहरूको गुनासो छ । हरेक वर्षजस्तो मनिपालमा आन्दोलन हुन्छ । सच्चिने सहमति हुन्छ, तर कार्यान्वयन हुँदैन । पछिल्लो पाँच दिनयता यहाँका कर्मचारी सुत्केरी र किरिया बिदा माग्दै धर्नामा छन् । कर्मचारी र चिकित्सकहरूको साझा संगठनहरू सम्झौताअनुसारको सुविधा माग गर्दै आन्दोलन थालेका हुन् ।

किरिया र सुत्केरी बिदा दिनुपर्ने, यसअघिको सम्झौता र श्रम ऐनअनुसार उपदान र सुविधा दिनुपर्नेलगायत उनीहरूको माग छ । ‘अस्पतालले सुत्केरी र किरिया बिदासमेत नदिनु भनेको महापाप नै हो । ६-७ वर्षदेखि कर्मचारीलाई करारमा राखेर बिदा घटाउने, तलब स्केल घटाइएको छ । यो सरासर ठगी हो,’ कर्मचारी अमृत पौडेलले भने, ‘एक वर्षअगाडि श्रम कार्यालयको रोहवरमा अस्पताल प्रशासनसँग सम्झौता भएको छ । तर त्यसलाई कार्यान्वयन गरेको छैन । मागहरू सामान्य छ तर मानवअधिकारसँग जोडिएको छ । अति नै गरेको भएर हामी धर्नामा उत्रिनुपरेको हो ।’

समस्या समाधान गरिदिन जिल्ला प्रशासन र श्रम कार्यालयसँग पनि कर्मचारीहरूले आग्रह गरेका छन् । श्रम कार्यालय र प्रशासनले दिएको निर्देशनसमेत नमानेको स्वतन्त्र कर्मचारी संघका अध्यक्ष नवराज भण्डारीले बताए । पुराना कर्मचारीलाई पाखा लगाएर नयाँ कर्मचारी करारमा नियुक्त गर्ने परम्परा बढेको उनले बताए । ‘भइरहेका कर्मचारीलाई निरुत्साहित गर्न करारका फ्रेस कर्मचारी राखिएको छ । यसबाटै नियत प्रष्ट हुन्छ नि,’ उनले भने, ‘रस छउन्जेल चुस्ने र पछि फ्याँकिदिने काम भएको छ । यसको अब नियमित प्रतिरोध गर्छौं ।’ मनिपालका करिब साढे चार सय कर्मचारी दैनिक धर्नामा छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै