पाल्पा । तिनाउ गाउँ कार्यपालिकाको पहिलो बैठकले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेक छ । गाउँपालिकाका नव निर्वाचित अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले तिनाउ गाउँपालिकाभित्र रहेका स्थानीय ब्यक्तिहरु कुनै कारण दुर्घटनामा परेमा बुटवल, भैरहवा र तानसेन, पाल्पासम्म उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो ।
साथै गर्भवती महिलाहरुलाई सुत्केरी एवम् थप चिकित्सकीय सेवाका लागि समेत तानसेन, पाल्पा र बुटवल भैरहवासम्म एम्बुलेसन्स सेवा निःशुल्क दिने कार्यपालिका बैठकले निर्णय गरेको छ । सोका लागि आवश्यक कार्यविधि बनाइ नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।
बैठकले तिनाउ गाउँपालिकाभरि रहेका लिफ्टिङ्ग खानेपानीमा लाग्ने विद्युत महसुलमा २५ प्रतिशत् रकम गाउँपालिकाले अनुदान दिने निर्णय गरेको छ । निवर्तमान पदाधिकारी एवम् सदस्यहरुलाई नवनिर्वाचित गाउँपालिकाका पदाधिकारी एवम् प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बिदाई गरेका छन् । गाउँपालिकाका निवर्तमान अध्यक्ष ओमबहादुर घर्तिमगरले आफूहरुले तिनाउको विकासका निम्ति सबैसँग मिलेर काम गरेको र कुनैपनि विवास्पद निर्णय गर्न नपरेको बताउँदै नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई तिनाउको एकीकृत विकासमा लाग्न अनुरोध गरे ।
प्रतिक्रिया