ताजा अपडेट »

पत्रकार भण्डारी सम्मानित

बुधबार, १८ जेठ २०७९, २२ : ०७
2 Shares

बुटवल। सामुदायिक वन उपभोक्ता महासंघले स्थापनाको २७ औ बार्षिकोत्सव समारोह आज मनाएको छ । स्थापना दिवसको अवसरमा प्राकृतिक श्रोत संरक्षण र समुदायको हितका पक्षमा कलम चलाएको भन्दै महासंघले पत्रकार रामकृष्ण भण्डारीलाई सम्मान गरेको छ ।

महासंघकी अध्यक्ष भारती पाठकले दोसल्ला तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सम्मान पत्र प्रदान गरेका थिए । २ दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय भण्डारी हाल कान्तिपुर टेलिभिजनमा कार्यरत छन्।

संसद्, राजनीति र वन तथा वातावरणमा समेत कलम चलाउँदै आएका उनलेवन संरक्षण र सामुदायिक वन उपभोक्ता समूहको अधिकार सम्बन्धी चार वटा पुस्तकको लेखन तथा सम्पादन समेत गरेका छन् ।

सो अवसरमा गोरखापत्रमा कार्यरत पत्रकार चांदनी हमाललाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले वन संरक्षण र समावेशी अधिकारमा फेकोफनको भूमिका महत्वपूर्ण रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।