१९ असार २०७९, आईतवार

Jul 3, 2022

दाङ । दाङको गढवा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । अध्यक्षका उम्मेदवार यमनारायण शर्माले ६९०९ मत प्राप्त गरेर विजयी भएका हुन्, उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका सर्वजित डीसीले ६१६७ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा काँग्रेसका शारदा कुमारी चौधरीले ५८८१ मत ल्याएर विजयी भएकी छिन्, भने उनका निकटतम प्रतिद्वन्दी सीता कुमारी चौधरीले ४८३० मत प्राप्त गरेकी छिन् । त्यस्तै एमालेबाट अध्यक्षका उम्मेदवार सहजराज यादवले ४१३१ मत ल्याएका थिए, भने उपाध्यक्षमा एकीकृत समाजवादीका शान्ति चौधरीले ४११२ मत प्राप्त गरेकी छिन् ।

यादव र चौधरी दुबै जना २०७४ सालको स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएर कार्यकाल पूरा गरेका ब्यक्ती हुन् । गढवामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । माओवादीले जितेपनि एकीकृत समाजवादीले भने जित निकाल्न सकेन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम