ताजा अपडेट »

दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक

सोमबार, ०२ जेठ २०७९, १४ : १५
4 Shares

दाङ । दाङमा अहिलेसम्म दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक गरिएको छ । जिल्लाका दश पालिका मध्ये ९ पालिकाको मतगणना सुरु भएको थियो । तुलसीपुर उपमहानगरपालिकाको भने भोली जेठ ३ गते वडा नम्वर १७ को निर्वाचन सम्पन्न भएपछि मात्रै मतगणना सुरु हुने भएको छ ।

गत बैशाख ३० गते सम्म भएको निर्वाचनको अहिलेसम्म बंगलाचुली र राजपुर गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । बंगलाचुलीमा गठबन्धनका उमेदवारले विजयी हाँसिल गरेका छन् । गठबन्धन र एमालेका उमेदवारका बिच प्रतिष्प्रर्धा भएको थियो । जसमा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्तबहादुर जिसी निर्वाचित भएका छन् । यस्तैगरी राजपुर गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हाँसिल गरेको छ ।

भरखरै सकिएको मतपरिणाम अनुसार राजपुरको अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपती यादव विजयी भएका हुन् । अब शान्तिनगर, बबई, दंगीशरण, घोराही, लमही, राप्ती गाउँपालिकाको मतपरिणाम आउन बाँकी रहेको छ । बबई, शान्तिनगर र दंगीशरणको मतगणना अन्तिम चरणमा पुगेको खवर प्राप्त भएको छ । यस्तैगरी जिल्लामा अहिलेसम्म ३८ वटा वडाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले १४, माओवादी केन्द्रले ११, नेकपा एमालेले १३ र एक जना स्वतन्त्रले वडामा विजयी हाँसिल गरेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी