ताजा अपडेट »

बुटवलमा काँग्रेसका उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन, संस्थाको दुरुपयोग गरी मत माग्दै

सोमबार, २६ बैशाख २०७९, १७ : ५३
6 Shares

बुटवल । बुटवलमा खानेपानी उपभोक्ताहरूलाई रुख चिन्हमा मतदान गर्न भन्दै आचारसंहिता विपरीत पत्राचार गरिएको पत्र फेला परेको छ । कांग्रेसबाट बुटवल ११ का अध्यक्ष जितबहादुर मल्लले उपभोक्ताहरूलाई पार्टी जुनसुकै भएपनि रुख चिन्हमा मतदान गरेर आफूलाई जिताउन अपिल गर्दै पत्राचार गरेका हुन्

उनी प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हुन् । आफू २०६२ सालदेखि खटिरहेको बताउँदै उपभोक्ताहरूलाई मत माग्दै उनले पत्राचार गरेका हुन् । सो खानेपानी संस्थामा १ हजार ५ सय उपभोक्ता छन् । उम्मेदवार दर्तापछि संस्थाको अध्यक्ष समेत भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेपनि निर्वाचन अधिकृतको कार्यालय बुटवलले प्रमाण प्रयाप्त नभएको भन्दै उजुरी बदर गरेको थियो ।

उपभोक्ताका घरघरमा पत्र पुगेपछि स्थानीयले सोमबार निर्वाचन आयोगमा उजुरी गरेका छन् । उजुरी परेपछि निर्वाचन कार्यालय बुटवलले कांग्रेस उम्मेदवारहरूलाई गल्ती सच्चाउन मौखिक चेतावनी दिएको छ । निर्वाचन कार्यालय बुटवलका प्रमुख लेखनाथ पौडेलले उम्मेदवारले खानेपानीको उपभोक्तालाई अध्यक्षको हैसियतमा रुख चिन्हमा मतदान गर्दै मत माग्दै पत्राचार गर्नु आचारसंहिताको उलङ्घन भएको बताए ।

उनले मेयरका उम्मेदवार खेलराज पाण्डे र वडाध्यक्षका उम्मेदवार जितबहादुर मल्ललाई फोन मार्फत गल्ती सच्चाउन र आइन्दा यस्तो गल्ती नगर्न चेतावनी दिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।