१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

झापा । देश चुनावी चटारोमा छ । उम्मेदवारलाई मत माग्न भ्याइनभ्याइ छ । उम्मेदवार घर–घरमा पुगेका छन् । तर, गाउँका कृषकलाई चुनावभन्दा आफ्नो उत्पादन बिक्रीको चिन्ता छ । कृषिक आफ्नै काममा मस्त छन् । 

Advertisement

गौरादह–८ की सुगवती राजवंशी वर्षभरि सिजनअनुसाको खेती गर्छिन् । यसपटक उनले आठ कठ्ठामा काउली लगाएकी थिइन् । ६ कठ्ठामा साग, परवल, भेन्डीलगायतका तरकारी लगाएकी छिन् । उनको परिवार कृषि पेसाले नै चलेको छ । विशेष गरेर उनी तरकारी खेती गर्छिन् । राज्यले उनको खेती देखेको छैन । तर, आफ्नै बलबुताले खेती गरिरहेकी छन् । ‘चुनावमा जसलाई जिताए पनि उस्तै हो । हामी किसानको समस्या जहाँको त्यहीँ हुन्छ,’ उनी भन्छिन्, ‘भोट माग्न त आउँछन् । तर, हामी आफ्नै काममा व्यस्त छौँ । जितेपछि अनुदान पनि आफ्नै मान्छेलाई दिन्छन् ।’ 

 उत्पादन गरेका कृषिउपज विचौलियालाई दिन्नन्, रनजवंशी । ग्रामीण र गुद्री बजारमा आफैँ लगेर बिक्री गर्छिन्, उनी । अर्थात् उनको आफ्नै उत्पादन र आफ्नै बजार छ । ‘गाउँमा किन्नेलाई दिँदा त आधा पनि भाउ दिँदैनन् । त्यस्रले बजारसम्म आफैँ लान्छु,’ उनी भन्छिन् । उनका बजार गौरीगञ्ज र गौरादह हो । ‘गौरीगञ्ज हप्तामा दुईपटक लाग्छ । गौरादह हप्तामा दुईपटक लाग्छ । म यही दुईवटा बजारमा लान्छु,’ उनी भन्छिन्, ‘व्यापार पनि राम्रो भइरहेको छ ।’ तरकारी उत्पादनले उनको परिवार राम्ररी चलेको छ । ‘परिवार चाहिँ राम्ररी चलाउन सकेको छु, उनी भन्छिन्। 

गौरादह–७ की नेहमती राजवंशी आफैँले उत्पादन गरेको कृषिउपज आफैँ बजारसम्म ल्याउँछिन् । यसरी आफ्नो उत्पादन आफैँ बजारसम्म ल्याउँदा केही नाफा हुन्छ । यसपटक उनले तीते करेला उत्पादन गरेकी छन् । तर, यसपटक करेलाको मूल्य घटेको छ । भारतीय तरकारीले बजार ढाक्दा नेपाली कृषक मारमा छन् । ‘पहिला एक सय रुपैयाँ किलोसम्म विक्री गर्थ्याैँ । यसपटक मूल्य नै छैन । ३० रुपैयाँदेखि ४० रुपैयाँ केजीसम्म बिक्री गर्नुपरेको छ । बजारमा धेरै भएर पनि हो । इन्डियाबाट आउने तरकारी सस्तो भएर पनि होला,’ उनले भनिन् ।

विश्वेश्वरप्रसाद मेहेताले गौरीगञ्जमा एक बिघा तरकारी खेती गरेका छन् । उनी गौरादह र गौरीगञ्जको स्थानीय बजारमा तरकारी आफैँ बिक्री गर्छन् । तर, विगतको तुलनामा नाफा कम हुने गरेको उनी बताउँछन् । ‘मल भनेको बेला पाउँदैन । इन्डियाबाट ल्याउँदा मल पनि महँगो पर्छ । तर, तरकारीको मूल्य बढ्दैन,’ उनी भन्छन्, ‘भारतबाट आउने तरकारीले हामीलाई मर्कामा पारेको छ । उता मल पनि सस्तो हुन्छ । त्यसकारणले सस्तोमा बेच्दा पनि नाफा हुन्छ । तर, हाम्रो त्यस्तो हुँदैन । खेती गर्दा खर्च धेरै लाग्छ । तर, खर्च उठाउन पनि मुस्किल पर्छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन प्युठानमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु