ताजा अपडेट »

इन्टरनेट सेवा बन्द हुनसक्ने भन्दै क्यान महासंघको ध्यानाकर्षण

आइतबार, १८ बैशाख २०७९, १७ : १७
4 Shares

बुटवल । इन्टरनेट सेवा बन्द हुन सक्ने भन्दै क्यान महासंघले ध्यानाकर्षण गराएको छ । इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहि सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा बिभिन्न निकायहरु बीच बुझाईमा असमानता आउँदा शुल्क तिर्न बिलम्बले सेवा नै बन्द हुन सक्नेतर्फ क्यानले ध्यानाकर्षण गराएको हो ।

क्यान महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ–‘इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केहि दिनदेखि जिम्मेवार निकायहरुबाट ब्यक्त धारणाहरुप्रति क्यान महासंघको ध्यानाकर्षण भएको छ ।’ इन्टरनेट सेवा बंधित हुनसक्नेतर्फ चिन्ता व्यक्त गर्दै उसले समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपूर्वक यथासिघ्र वार्ता एवं छलफलका लागि आग्रह गरेको छ । महासंघका महासचिव नारायण थापाले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षणसहित समस्या समाधानको माग गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।