ताजा अपडेट »

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने

मंगलबार, ०६ बैशाख २०७९, २२ : ५५
4 Shares

काठमाण्डौं । यही वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ । दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको मंगलबारको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य गरेको छ । 

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा रहेको सो समितिको आज सञ्चारग्राममा सम्पन्न बैठकले सबै सङ्घीय मन्त्रालय र सम्बन्धित निकायका वेबसाइटमा दिवसको नारा र प्रतीक चिह्न समावेश गरी सन्देश प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत आग्रह गर्ने, सबै प्रकारका आमसञ्चार माध्यमलाई दिवसकेन्द्रित समाचार, आलेख, विशेष संवाद, परिसंवाद, वृत्तचित्र आदि कार्यक्रम प्रकाशन र प्रसारण गराउन आग्रह गर्ने निर्णय गरेको छ । उपसमितिले सबै प्रदेश र स्थानीय तहका सरकारलाई पनि दिवस मनाउन नेपाल सरकारमार्फत पत्राचार गराउन पनि निर्णय गरेको छ । 

बैठकमा राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।- रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।