ताजा अपडेट »

माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले पार्टी छाडे

सोमबार, ०५ बैशाख २०७९, १३ : ३८
6 Shares

दाङ । माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन् । पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिष्ट चरित्र देखिएको भन्दै गौतमले पार्टीको केन्द्रीय सदस्यदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए । तर, गठबन्धन दलबीच घोराही उपमहानगर कांग्रेसको भागमा पर्ने भएपछि उनले माओवादी त्यागेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।