ताजा अपडेट »

रुपन्देहीका ६ पालिकामा सत्ता गठबन्धनले तालमेल नगर्ने

आइतबार, ०४ बैशाख २०७९, १५ : २३
8 Shares

बुटवल। रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलहरू छुट्टाछुट्टै निर्वाचन लड्ने भएका छन् । १६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिति कमजोर भएको र जसले जितेपनि गठवन्धन दलकै उम्मेदवारले जित्ने अवस्था रहेकोले सत्तारूढ दलहरू छुट्टाछुट्टै निर्वाचन लड्ने नेकपा माओवादीका रुपन्देही संयोजक निर्मल जिसिले बताए । ‘अहिले नै सबै टुङ्गिएकै नै त होइन । बैठकमा त्यो प्रस्ताव आएको छ । सम्भवत ६ वटा पालिकामा गठबन्धन नगरि गठबन्धन भित्रैबाट स्वच्छ प्रतिस्पर्धा गछौँ ।’–उनले भने ।

अन्य पालिकाको हकमा पनि कसरी गठवन्धन गर्ने भन्ने बिषयमा दलहरूबीच छलफल भैरहेको भइरहेको संयोजक जिसिले बताए । बाँकी रहेका १० पालिका मध्ये माओवादीले सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिका पाउनु पर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।