ताजा अपडेट »

कतै उम्मेद्वार घरदैलोमा कतै उम्मेद्वार टुँगिएन

आइतबार, ०४ बैशाख २०७९, १४ : ५७
6 Shares

गुल्मी । नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाले केही वडाहरुमा उम्मेदवारहरुको टुंगो लगाएसँगै उम्मेदवारहरुको घर दैलो अभियान शुरु गरिएको छ । तर १ वडा अध्यक्ष सहित सदस्य र ३ मा वडाध्यक्षका उम्मेदवारको टुँगो नलाग्दा कार्यकर्ताहरुमा अन्यौलता कायम छ ।

वडा नं. १ र ३ बाहेक सबै वडाहरुमा सबै उम्मेदवारको टुंगो लागिसकेको छ भने वडा नं.३ मा वडा अध्यक्ष पदका लागि बाहेक सदस्य उम्मेदवारको टुंगो लागेको छ। ती वडाहरुबाट अध्यक्ष पदका आकांक्षीहरुको नाम भने जिल्लामा पठाइएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष जितेका घनश्याम अर्याललाई रुरुक्षेत्र २ ग्वादिमा एमाले फेरी वडाध्यक्षको उम्मेदवार बनाउन लागेको हो ।

त्यस्तै सदस्यहरुमा हुमबहादुर कुवर, थर्कबहादुर कुवर, हरिकला बराल र सीता वि।क सर्वसम्मत भएका छन् । वडा नं. ३ मा पनि वडा अध्यक्ष बहेक सदस्यहरूको उम्मेदवारी टुंगो लागेको छ। कमल ज्ञवाली, तेजबहादुर राना, विष्णु राणा र कमला नेपालीलाई उम्मेदवार बनाउने निर्णय एमालेले सर्वसम्मत गरेको छ।

वडा नं. ४ मा वडा अध्यक्षमा युवा सँघका केन्द्रीय सदस्य समेत रहेका मोतिप्रसाद श्रेष्ठलाई एमाले उम्मेदवार बनाएको छ । वडा नं. ४ मा वडा सदस्यका लागि थान प्रसाद श्रेष्ठ, माधव खड्का, राज कुमारी शाही र ममता आत्रेय सुनारलाई एमालेले छानेको छ । रुरुक्षेत्र ५ मा पदम श्रेष्ठ वडा अध्यक्ष उम्मेदवार हुन भने वडा सदस्यमा तुल्सीराम ज्ञवाली, लालबहादुर खत्री, रमा कुवर र मिन विक उम्मेदवार हुन ।

वडा नं.६ रिमुवा मा रोमनाथ पौडेललाई एमालेले वडा अध्यक्षको उम्मेदवार वनाएको छ भने ओमबहादुर काला, ज्ञानबहादुर काला, बुद्दिमति लामिछाने र कृष्णा नेपालीलाई सदस्यका उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। उम्मेदवारमा सर्वसम्मत भएका वडाहरुमा उम्मेदवार हरुको सकृयता शुरु भएको छ र मुख्यतया घरदैलो लाई प्राथमिकतामा राखेको वडा न ५ मा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार पदम श्रेष्ठले बताए ।

पाँच वर्षमा स्थानीय तहबाट भए गरेका विकास आयोजना सँगै सामाजिक उत्तरदायित्वका कामहरुको प्रचारप्रसार सँगै आगामी वर्ष हरुमा के गर्न सकिन्छ भन्ने बारेमा जनता सँग प्रत्यक्ष अन्तरकृयात्मक तरिकाले घरदैलो भेटघाट शुरु गरेको श्रेष्ठले बताए। यसैगरि साविकका वडाहरुमा घरदैलो र भेटघाटमा वडान ४ का वडाध्यक्षका उम्मेदवार मोति श्रेष्ठले पनि तिब्रता दिएका छन ।

त्यसोत गाउँ पालिका अध्यक्ष उपाध्यक्ष को अझै टुँगो लागि नसकेको कारणले पनि चुनावि माहोल तातेको देखिएको छैन । नेकपा एमाले बाट हिमाल श्रेष्ठ चक्रपाणी गौतम शेषनारायण पौडेल र फर्सु ज्ञवाली आकाँक्षी देखिएका छन । यसेर गरि उपाध्यक्षमा लक्ष्मी देवि पन्त अन्जु केशि मिना गौतम लक्ष्मी ज्ञवाली र तुल्सी श्रेष्ठ को आकाँक्षा देखिएको छ । विगतमा नेकपा एमाले ले अध्यक्ष र उपाध्यक्ष सहित रुरुक्षेत्र गाउँपालिका मा सिटमा विजय हासिल गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।