ताजा अपडेट »

सञ्चारमाध्यमलाई काउन्सिलको आग्रह- निर्वाचन आचारसंहिता ख्याल गर्नूस्

बुधबार, ३० चैत्र २०७८, २० : २९
2 Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता ख्याल गर्दै स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले आज विज्ञप्ति जारी गर्दै कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गरेका छन् ।

यस्तै काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ ।

काउन्सिलले सञ्चारमाध्यम, पत्रकार एवम् सामाजिक सञ्जालबाट पत्रकार आचारसंहिता एवं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा जानकारी गराउन हुनसमेत अनुरोध गरेको छ ।

काउन्सिलले विगतको निर्वाचन जस्तै आगामी स्थानीय तहको निर्वाचनको पनि पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।