ताजा अपडेट »

प्रो क्लब च्याम्पियनशिपः भारतीय बलरको सामु निरिह एपिएफ

सोमबार, २८ चैत्र २०७८, १८ : ०८
30 Shares

भैरहवा । भैरहवामा जारी प्रो क्लब च्याम्पियनसशिपमा एपिएफले लगातार दोश्रो हार ब्यहोरेको छ । भारतीय बलरहरु हावी हुँदा एपिएफ प्रतियोगिताको दोश्रो खेल पनि गुमाएको छ ।

भैरहवाको सिद्धार्थ रङ्गशालामा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ्गको निर्णय गरेको एपिएफका लागी निर्णय सहि सावित हुन सकेन । एपिएफको सिङ्गो टिम ७६ रनमै समेटिएको थियो । निर्धारित २० ओभरको खेल मध्ये १७ दशमलव १ ओभरमा ७६ रनमै आफ्ना सबै विकेट गुमाउदा उसका लागी अमर रौटेलाले २५ बलमा २१ रन जोडेका थिए ।

एपिएफका ओपनर प्रदिप ऐरीले १ रन बनाउँदा लोकेश बम दोश्रो बलमा डक आउट भएका थिए । एपिएफका सुमित महर्जनले १६, पुरन बि.क.ले १२ रन बाहेक अन्य कसैले दोहोरो अंक जोड् सकेनन् । एपिएफलाई सस्तोमै समेटने क्रममा उत्तर प्रदेश–११ का अलराउण्डर प्रिन्स शाहीले ४ ओभरमा ११ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिएका थिए । यस्तै विपिन चन्द्रले २ र सन्दिप मित्तल, दिब्य सिंह एवम नितिन रामले समान १/१ विकट वाडे ।

७७ रनको झिनो लक्ष्य उत्तर प्रदेश–११ ले ३ विकेट गुमाउँदै १४ औं ओभरमै प्राप्त ग¥यो । उसका लागी राज यादयले अविजित २९ रन बनाए भने विवेक सिंहले २२ रन तथा राहुल कुमारले १६ रन जोडेका थिए । बलिङ्ग तर्फ एपिएफका नन्दन यादव र अमर रौटेलाले समान १/१ विकेट लिएका थिए ।

सोमबार नै जारी पुस स्पोर्टस देल्ही र मलेशिया क्लब–११ बिच अर्को खेलमा मलेशिया ७ विकेटले विजयी भएको छ । मलेशियाका स्टार बलर विरन्दीप सिंहले ह्याट्रिक सहित ५ विकेट लिए पछि मलेशियालाई विजयी हुन सहज भएको थियो । टस जितेर ब्यटिङ्ग रोजेको पुस स्पोर्टस देल्हीले अन्तिम ओभरमा मात्र आफ्नो ६ विकेट गुमाउनु परेको थियो ।

अन्तिम ओभर खेल्नु अघि ३ विकेटको नोक्सानीमा १ सय ३० रन बनाएको देल्हीको अन्तिम ओभरपछिको स्कोर ९ विकेटमा १ सय ३२ रन रहेको थियो । अन्तिम ओभरको प्रत्येक बलमा विकेट प्राप्त भएको थियो । पुस स्पोर्टस देल्हीका लागी कप्तान म्रिगंक पाठकले २७ बलमा २ चौका ३ छक्का मद्दतमा ३९ रन बनाएका थिए । यस्तै उस्का लागी मयंक गुप्ताले ३३, अभिषेक अग्रवालले २६ र ईशान पाण्डेले १९ रन जोडेका थिए । बलिङ्ग तर्फ मलेशिया–११ का विरन्दीप सिंहले २ ओभरमा ९ रन दिदै ५ विकेट लिएका थिए ।

१ सय ३३ रनको लक्ष्य मलेशियाले ३ विकेट गुमाउदै १७ दशमलव ३ ओभरमा प्राप्त ग¥यो । मलेशियाका लागी अलराउण्डर बिरन्दीप सिंहले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । यसै गरि फैज अहमदले ३९ रन मोहम्मद आमिरले २५ रन बनाए । बलिङ्ग तर्फ पुस स्पोर्टस देल्हीका बिशेष सरोहा, प्रनय प्रसाद, स्पर्शले समान १/१ विकेट लिए । भोलीको खेल मेलेशिया–११ र नेपाल पुसिल क्लब तथा एपिएफ र ट्यालेन्ट हन्ट ढाका बिच हुने आयोजकले जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।