१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

खोटाङ ।  बसको छतमा चढेकोबेला विद्युतको तार छुन पुग्दा करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दिलैँची हुँदै मात्तिमविर्तातर्फ जाँदै गरेको ना३ख ७०३६ नम्बरको बसको छतमा चढेकोबेला विद्युतको नांगो तार छुन पुग्दा करेन्ट लागेर उदयपुरको रौतामाई गाउपालिका–४ का २६ बर्षीय प्रताप खड्काको मृत्यु भएको हो । 

Advertisement

छतमा राखेको यात्रुको सामान ओराल्नका लागि चढेकोबेला विद्युतको झुण्डिएको तार छुन पुग्दा करेन्ट लागेर गम्भीर घाइते भएका खड्काको उपचारका लागि उदयपुर अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा पुगेपछि बसको छतबाट सामान झार्नेक्रममा खड्कालाई आइतबार मध्यह्न साँढे चार बजे करेन्ट लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका वडासदस्य अमृत गिरीले बताए । मृतक बसका धनी तथा कन्ट्याक्टर हुन् । 

 चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । विद्युतको पोल लच्किएर ढल्किँदा झुण्डिएर होचो भएको तार छुनपुग्दा खड्कालाई करेन्ट लागेको हो । पोललाई तत्काल सिँधा नउभ्याए र असुरक्षित रुपमा झुण्डिएको तारलाई अग्लो नबनाए थप दुर्घट्ना निम्तिने खतरा देखिएको स्थानीय बताउँछन् । 

प्रतिकृया दिनुहोस्

Flash News

हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका