१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

बझाङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बझाङ जिल्लाका मतदातालाई सम्बोधन गर्दै विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।

Advertisement

एमाले प्रतिपक्षमा भए पनि जनआर्कषर्ण भएको उनले बताए । नेकपा एमाले जनताको पार्टी भएकाले एमालेमा गोलबद्ध हुन उनले बझाङवासीलाई आग्रह गरेका छन् । उनले एमाले बालबालिकादेखि वृद्धवृद्धाको पक्षधर पार्टी भएको बताए । उनले आफूहरू आधुनिक नेपाल निर्माणको अभियानमा लागेको बताएका थिए ।

‘जब एमाले पहिलो पटक सरकारमा सहभागी भयो, आफ्नो गाउँ आफै बनाऊँ अभियान, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका उत्कृष्ट कार्यक्रम ल्यायो,’ उनले भने । एमालेले नेतृत्व गरेको समयमा मुलुकले उत्कृष्ट विकास गरेको ओलीको दाबी थियो । एमाले नेतृत्वको सरकार सधैँ निर्माण कार्य गरेर अर्थतन्त्रको विकास गर्ने तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र समाप्त गरेको उनले बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए । ‘प्रधानमन्त्री, गृहमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री बाढी प्रभावित ठाउँमा पुगे पनि कुनै काम गरेनन् । सेती नदीमा तटबन्ध निर्माण गरी खेतीयोग्य फाँट जोगाउन एमाले प्रतिबद्ध छ । भत्केका घर एमालेले निर्माण गर्छ,’ उनले भने । अध्यक्ष ओलीले बझाङका साथै सुदूरपश्चिममा पर्यटनको प्रचुर सम्भावना भएको बताएका थिए ।

वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको समेत ओलीले आरोप लगाए । पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने उनको दाबी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’ माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने