ताजा अपडेट »

देशको अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो : अर्थमन्त्री शर्मा

सोमबार, २८ चैत्र २०७८, १७ : २५
6 Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको आरोप लगाएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र ठूलो संकटमा गएको भन्ने विषय कुप्रचार मात्र भएको बताए । 

यसअघि हिजो नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासयी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो । एमालेले देशको अर्थतन्त्रबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको भाेलीपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका हुन् । 

उनले अर्थतन्त्रका सूचना कमजोर भएपनि धरासायी नै नबनेको प्रस्ट पारे । ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन्,’ मन्त्री शर्माले भने । 

अर्थतन्त्र कमजोर अवस्थातिर गइरहेको भन्दै त्यसका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।