ताजा अपडेट »

गठबन्धनमा आबद्ध दलले लुम्बिनीमा अन्य दलसँग तालमेल गर्न नपाउने

सोमबार, २८ चैत्र २०७८, १६ : ४७
6 Shares

लुम्बिनी प्रदेश स्तरी सत्ता गठबन्धनको बैठकले प्रतिगमनका कारण धरापमा परि सकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भई नसकेकाले आन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धनको आवश्यकता र अपरीहार्यता बढ्दै गइहेको बताएका छन् ।

सोमबार बसेको गठबन्धनको बैठकले गठबन्धन बाहेकका अन्य दलहरुसँग चुनावी तालमेल गर्न नपाइने निर्णय गरेको छ । यस्तै बैठकले प्रत्येक दलबाट १/१ जना सदस्य रहने गरी संयुक्त स्थलगत अनुगमन कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लुमकान्त न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी एकीकत समाजवादीका अशोक कोइलारा, जनता समाजवादी पार्टीका अशोकुमार यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन् ।

साथै चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने र जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।