१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

नयाँ दिल्ली । भारतको जहवारलाल नेहरू युनिभर्सिटी (जेएनयू) मा दुई विद्यार्थी समूहबीच भएको झडपमा कम्तीमा १६ जना घाइते भएका छन् । जवाहरलाल नेहरू विश्वविद्यालय प्रशासनले सोमबार विद्यार्थीहरूलाई क्याम्पसमा शान्ति र सद्भाव खलल पार्ने घटनाहरूमा संलग्न नहुन चेतावनी दिएको छ । 

Advertisement

अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)का विद्यार्थीहरूले कावेरीको एउटा होस्टेलमा मांसाहारी खानाप्रति आपत्ति जनाएपछि आइतबार साँझ क्याम्पसमा झडप भएको थियो । आइतबार होस्टल मेसमा मांसाहारी खाना पकाइएको विषयमा एबीभीपी सदस्यहरू कावेरी होस्टेलभित्र पसेर विद्यार्थीहरूलाई आक्रमण गरेको पीडित विद्यार्थी अख्तरिस्ट अन्सारीले बताइन् । झडपका क्रममा उनको टाउकोमा चोट लागेको छ । ‘कुखुरा आपूर्ति गर्ने मेस विक्रेतालाई पनि उनीहरूले आक्रमण गरेका थिए’, अन्सारीले भनिन् ।

आफूहरू होस्टेल मेसमा दिइने मांसाहारी खानाविरुद्धमा नरहेको एबीभीपीको जेएनयू शाखाका अध्यक्ष रोहित कुमारले बताएका छन् । ‘सबैलाई आफूले चाहेको खान स्वतन्त्र छ’, उनले भने । जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघ (जेएनयूएसयू) ले नियोजित ढंगले षड्यन्त्र गरेको उनले आरोप लगाए । यसैबीच आक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ । 

विश्वविद्यालयमा शान्ति कायम राख्न र फेरि कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । ‘हामीले हाम्रा टोलीहरू क्याम्पस बाहिर तैनाथ गरेका छौं । विश्वविद्यालयले अनुरोध गरे  निश्चित रूपमा हाम्रा कर्मचारीहरू क्याम्पस भित्र तैनाथ गर्नेछौँ’, एक अधिकारीले भने ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै