११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

काठमाडौं । विवेकशिल साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि समिक्षा बास्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उमेदवार बनाउने निर्णय गरेको छ ।

Advertisement

‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनस्र्थापित गरौँ’ नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको हो ।


प्रवक्ता  शरदराज पाठकका अनुसार बास्कोटा वागमती प्रदेशकी पूर्व संयोजक तथा केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन । उनका अनुसार ३८ वर्षीया बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुन मैं स्नातकोत्तर गरेकी छिन । गत निर्वाचनमा काठमाडौँ– १ ‘क’ बाट प्रदेशसभाको उमेदवारसमेत बनेकी बाँस्कोटाले २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन ।


उता, उपमेयरकी उम्मेदवार तुलाधर सो पार्टीका केन्द्रीय सदस्य हुन । नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक तुलाधार अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष भएकी थिइन । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीया तुलाधर विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा रहेको प्रवक्ता पाठकले जानकारी दिए ।


‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने’ विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

किमले पुनः सार्वजनिक गरे छोरीसँगको तस्वीर, उत्तराधिकारी बनाउने तयारी ? तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान इरानमा पक्राउ परेका र्‍यापरको परिवार जोखिममा इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा