ताजा अपडेट »

चुनावी तालमेल र पार्टीगत मुकाबला

आइतबार, २७ चैत्र २०७८, १८ : ०४
6 Shares

जगजाहेर छ हामी गठबन्धन शासकबाट शासित छौं। गठबन्धनको दीर्घकालिन औचित्य आवश्यकता र निरन्तरता नेताहरू आ–आफ्नो ढंगमा पुष्टि गर्न प्रयासरत छन्। मुलुकको वर्तमान राजनीतिमा सत्ता गठबन्धन, निर्वाचन तालमेल र पार्टीगत मुकाबला यी तीन स्वरूपको सम्बन्धमा त्रिकोणात्मक नीति गठबन्धन दलहरूले अबलम्बन गरेको छ।

नेपाली कांग्रेस भन्छ ‘स्थानीय अवस्था र आवश्यकता अनुसार गठबन्धनमा रहेका अन्य दल संग तालमेल गर्न सक्ने।’ कस्को आवश्यकता कस्ले पूर्ति गरिदिने ? खुलेआम षडयन्त्र र ढाँट्को अवस्था प्रचुर रहेको र अर्काको ढाडमा टेकेर राजनीतिकबली बन्ने चेष्टामा नेताहरू रहेको बेला कस्ले कसको स्थानीय अवस्था हेरेर आवश्यकता पूर्ति गरिदिन कुर्बानी दिने ? पेचिलो त छ नै।

चुनावी तालमेल र पार्टीगत मुकाबलाको नीति आफैमा डर र निडरको मिश्रण हो।एउटा निर्वाचन क्षेत्रमा हात मिलाउने र अर्कोमा ठोक्ने।एउटै दल संग कतै तालमेल त कतै मुकाबला गर्ने ने।का।को नीतिले नेपाली कांग्रेसको इतिहास र सशक्त जनआधारमा गौरव गर्ने र त्यो गौरवगाथालाई वर्तमानमा पनि कायम राख्न चाहने, निष्ठा र स्वाभिमानको राजनीतिमा विश्वास राख्ने नेता कार्यकर्ता समर्थक र जनताको भावना मर्दन गरेको छ।

वाम गठबन्धनको मनोवैज्ञानिक त्रास त छदैछ।मनोवैज्ञानिक त्रासले आत्मवल धटाउछ।जगजाहेर छ।टोलीको टोली वाम नेताहरूको चीन भ्रमण र वाम गठबन्धनको पक्षमा चीन रहेको मिडियामा प्रसारण भएको सर्वविदित छ।राजनीतिमा आफ्नो पकड मजबुत गर्न छिर्के दाउ नेताहरूको अंदरूनी लक्ष्यरहेको छर्लङ्ग छ।तसर्थ नेपाली कांग्रेस “ एक अर्का लाई हेर्दै संगै जाने ”( Going together watching each other ) रणनीति अनुरूप अगाडी बढनु आवश्यक छ।

नेता प्रचण्ड चैत्र १४ गते रोल्पामा बोल्दै हुनुहुन्थ्यो ‘आफ्नै खुट्टामा टेकेर, आफ्नै बलमा चुनावको परिणाम आफ्नो पक्षमा ल्याउन बल गर्ने साथसाथै गठबन्धन र तालमेल हुने कुरालाई पनि ध्यान दिने भन्ने नीति बनाएका छौं हामीले।’ गठबन्धन र तालमेल लाई ध्यान मात्र दिने हो। बल चाँहि चुनाव परिणाम आफ्नो पक्षमा ल्याउनमा लगाउने।तालमेल प्रति को कत्तिको प्रतिबध्द छ यति खेर कहनु गाह्रो छ। किनकी वर्तमान राजनीतिमा मन वचन र कर्ममा तालमेल छैन्। स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेल सँगसँगै पार्टीगत मुकाबलाको चक्करमा कसले कसलाई घात गर्ने हो। जनता त्यो हेर्न सुन्न आतुर छन्।तालमेलमा खुराफातको प्रबल सम्भावना छ। किनकी राजनीतिक खुराफातीहरू एक से बढकर एक छन्।

पध्दतीको बिषयमा कोही बहस गर्दैनन्। कुरो पनि गर्दैनन्।त्यसैले त उम्मेदवार प्रति कसैको पनि आस्था भरोसा विश्वास छैन। शासितहरू सकारात्मक ढंगमा उत्सुक छैनन्।तिनीहरूमा अन्तर्द्वन्द छ।प्रजातन्त्र लाई गठरी बाँधेर कुनुमा थन्काउने दुष्प्रयास जारी छ। प्रजातन्त्रको परवर र रक्षक नेपाली कांग्रेस नै हो इतिहास साक्षी छ। तर आज ने.का.स्खलनको अवस्थामा छ।

‘कुनै पार्टी नेकपा ऐमाले संगसंगै उभिन्छौ भनेर आयो भने हामीले त्यो पार्टी लाई नकार्दैनौ।’ ऐमाले पनि चुनावी तालमेल प्रति सकारात्मक रहेको देखियो। गठबन्धन र तालमेल नै वर्तमानको राजनीतिक निकास हो। यस बाट मात्र प्रजातन्त्र सुदृढ, स्थिर, सशक्त हुन्छ भन्ने आत्मघाती विश्वास छ भने सम्पूर्ण निर्वाचन क्षेत्रमा प्रतिशतको आधारमा सबै संग भागवण्डाको तालमेल गरे हुने हो।

पार्टीले व्हीप जारी गर्दा पनि अवज्ञा गर्ने परिपाटी रहेको वर्तमान अवस्थामा स्थानीय अवस्था र आवश्यकता अनुसार कतै तालमेल त कतै पार्टीगत मुकाबला गर्दा कार्यकर्ता लगाएत शासितहरू तनावमा रहने सम्भावना त रहनेछ साथसाथै राजनीति असहज एवं अप्ठेरो मोडमा पुग्ने स्थिति पैदा हुनेछ।त्यसो भएको खण्डमा सत्ता गठबन्धन, चुनावी तालमेल र पार्टीगत प्रतिस्पर्धा बिषयक जनतामा रहेको अन्तर्द्वन्द्व कुन दिशातर्फ कुन ढंगमा मोडिन्छ आँकलन गर्न कठिन हुनेछ। फलत: प्रजातन्त्र को घरातल कमजोर हुँदै चिरा पर्ने निश्चित छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।