ताजा अपडेट »

तिलोत्तमामा मोटरसाइकल दुर्घटना अपडेटः सैनामैनाका खनालको मृत्यु

शुक्रबार, २५ चैत्र २०७८, १५ : २४
23 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका युवाको मृत्यु भएको छ ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिका–४ ड्राइभर टोलमा अनियन्त्रित भएर पल्टिँएको थियो ।

दुर्घटनाबाट मोटरसाइकलका चालक सैनामैना नगरपालिका–३ का ३० वर्षीय कृष्णचन्द्र खनाल गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।