ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल पल्टिँदा १ जना गम्भीर घाइते

शुक्रबार, २५ चैत्र २०७८, १४ : ३१
8 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिका–४ ड्राइभर टोलमा अनियन्त्रित भएर पल्टिँएको थियो ।

दुर्घटनाबाट मोटरसाइकलका चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका उनको परिचय खुल्न बाँकी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।