ताजा अपडेट »

एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव

शुक्रबार, १८ चैत्र २०७८, १३ : ५६
30 Shares
शुक्रबार, १८ चैत्र २०७८
30 Shares

काठमाडौं । एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो ।

एमालेले अहिले प्रतिबद्धता पत्र निर्माण गरिरहेको छ । यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्न सार्वजनिक अपिल गरेको हो । एमालेले [email protected] मेलमा आफ्नो सुझाव दिन सकिने जनाएको छ । प्रतिबद्धता पत्र निर्माण गरिरहेको एमालेले १६ चैतमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग भर्चुअल संवाद गरेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।