ताजा अपडेट »

वडा अध्यक्ष यादवको निधन

शुक्रबार, १८ चैत्र २०७८, १३ : ११
2 Shares

सिरहा । सिरहाको गोलबजार नगरपालिका- ११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । 

गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा  बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए । उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।