ताजा अपडेट »

‘सहकारी पत्रकारिता पुरस्कार’ बाट पत्रकार ज्ञवाली सम्मानित

शुक्रबार, १८ चैत्र २०७८, १२ : ४८
6 Shares

बुटवल । पत्रकार कपिल ज्ञवाली ‘सहकारी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् ।

६५ औँ राष्ट्रिय सहकारी दिवस–२०७८ को अवसरमा शुक्रबार रुपन्देही बचत तथा ऋण सहकारी संघले पत्रकार ज्ञवालीलाई नगद १० हजार सहित सम्मानित गरेको हो । सहकारी सम्बन्धी उत्कृष्ट लेख रचना प्रकाशित गरी सहकारी क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पत्रकार ज्ञवाली सम्मानित भएका हुन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा स्थापित सो पुरस्कार रुपन्देही बचत तथा ऋण सहकारी संघले सहकारी दिवसको अवसरमा प्रत्येक वर्ष रुपन्देहीमा क्रियाशिल पत्रकारलाई पदान गर्दै आएको छ । पत्रकार ज्ञवाली नागरिक अनलाइनका सम्पादक तथा बुद्ध सामुदायिक टेलिभिजनका समाचार प्रमुख हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।