२१ माघ २०७९, शनिबार

Feb 4, 2023

लमजुङ । कुनै समय रोजगारीको खोजीमा भौँतारिएकी बेसीशहर नगरपालिका-९ सित्तलपाटीकी सन्तोषी विक अहिले खुसी छन् । माघको दोस्रो साताअघि बेसीशहरका कार्यालय तथा संघसंस्थामा काम खोज्दै भौँतारिइरहेकी सन्तोषीलाई यतिबेला रोजगारीको कुनै चिन्ता छैन, बरु उनी अचेल आफ्नो सिप देखाएर राम्रो कमाई गर्ने अवसरको खोजीमा छिन्।

Advertisement

उनी जस्तै मौसमी काम गरेर दैनिकी चलाउँदै आएकी बेसीशहर दुलालटोलकी रुपिना दुलाल पनि कसले काम देला भन्ने पिरलोमा छैनन्, उनमा पनि यतिबेला सीप बेच्न सकियो भने चाहेजति कमाउन सकिन्छ भन्ने विश्वास भरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङबाट अल्लो प्रशोधन र कपडा उत्पादनसम्बन्धी दुई महिना अवधिको तालिम पाएपछि उनीहरू रोजगारीको चिन्तामुक्त भएका हुन्।

सन्तोषी, रुपिना मात्र होइनन् उक्त तालिम पाएपछि उनीहरूसँगैका ११ जनालाई यतिबेला काम खोज्दै हिँड्नुपर्ने बाध्यता टरेको छ । आफ्नो घरायसी कामकाज सकेर फुर्सदको समयमा अल्लोको कपडा बनाएर समयको सदुपयोग र आम्दानी गर्न सकिने भएकाले सीपमुलक तालिम लिएको बेसीशहरकी गंगा भण्डारी थापा बताउँछिन्।

तालिममा उनीहरुले अल्लोको धागोबाट कोट, जुहारीकोट, टोपी, गलबन्दी, झोला, हातेब्याग, पर्स लगायतका पोशाक र सामान बनाउने सीप सिकेका छन् । तालिममा अल्लो प्रशोधन गर्ने प्रकृया, धागो बनाउने, अल्लोको थान कपडा बनाउने र तानमा उनीको कपडा बनाउने सिप सिकाइएको घरेलु कार्यालय प्रमुख मिताकुमारी थापाले बताइन्।

तालिममा अल्लोको धागोबाट कोट, जुहारीकोट, टोपी, गलबन्दी, झोला, हातेब्याग, पर्स लगायतका पोशाक र सामान बनाउने सीप दिइएको उनी बताउँछिन्। उनीको सल, पछ्यौरा जस्ता कपडा बनाउने सिप पनि दिइएको छ। 

घरेलु तथा साना उद्योग कार्यालय र लमजुङ एग्रिगेट प्रालिले बेरोजगारलाई रोजगार वा स्वरोजगार बनाउने उद्देश्यका साथ विभिन्न ठाउँबाट बेसीशहरमा बसोबास गर्दै आएका इच्छुकहरुलाई तालिम दिइएको हो । सिप सिकौं स्वरोजगार बनौं, समृद्ध नेपाल निर्माण गरौं भन्ने नाराका साथ १७ माघदेखि दुई महिना अवधिको अल्लो प्रशोधन र कपडा उत्पादन तालिम दिइएको हो। 
 

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै