ताजा अपडेट »

तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

शुक्रबार, १८ चैत्र २०७८, ११ : १८
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा कारले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । विहीबार राति बुटवलबाट भैरहवा जाँदै गरेको बा १० च ५६७६ नम्बरको कारले सोही दिशा तर्फ गइरहेको लु १२ प १०९९ नम्बरको मोटरसाइकलाई तिलोत्तमा–१० भलवारीमा ठक्कर दिएको थियो ।

मोटरसाइकललाई ठक्कर दिएर अनियन्त्रि भएको कारले सडक बीचमा रहेको विद्युतको पोलमा ठोक्किन पुगेको थियो । दुर्घटनाबाट कारका चालक काठमाडौँ महानगरपालिका–१४ का २२ वर्षिय शिवम नडरिया र कारमा सवार तिलोत्तमा नगरपालिका–३ जानकीनगरका २४ वर्षीय प्रज्वल अग्रवाल घाइते भएको मंगलापुर ट्राफिक प्रहरी कार्यालयका सई विष्णु जिसीले जानकारी दिए ।

यस्तै मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–७ भलवारीका ४२ वर्षीय अनिल चौहान घाइते भएको सई जिसीले बताए । घाइते सबैको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको सई जिसीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।