२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

पर्सा । पर्साको पोखरिया नगरपालिका–३ मा बिहीबार दुईवटा मोटरसाइकल ठोक्किदा दुबै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । 

Advertisement

प्रहरीका अनुसार ना ३ प १०२६  र प्रदेश २ ०३ ००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किएका थिए । दुर्घटनामा परी मोटरसाइकल चालकहरु धोवीनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षिय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका–५ बस्ने २९ वर्षिय हसिन्द्र  सहनीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुई जनाको विरगन्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मा बिहीबार स्कुल बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माेटरसाइकल चालक धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–१ महेन्द्रनगर बस्ने ३५ वर्षीय मनोज लामिछाने रहेका छन् । 

बसको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । जनकपुरबाट लक्ष्मिनियातर्फ जाँदै गरेको पुष्पबाटिका एकेडेमीको प्रदेश २ ०३ ००१ ख ०५३२ नम्बरको बस र बा ८० प ९०९४ नम्बरको मोटसाइकल बिहान ११ बजे ठोक्किएका थिए । 

दुबै सवारी साधन सहित बस चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा