ताजा अपडेट »

कांग्रेस रुपन्देही सभापतिबाट लालपुर्जा वितरण गरिएकोमा एमालेको आपत्ति

विहीबार, १७ चैत्र २०७८, १६ : ४९
4 Shares

बुटवल । स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले गैरकानूनी तरिकाले लालपुर्जा वितरण गरिएको भन्दै एमाले रूपन्देहीले आपत्ति जनाएको छ।

बुधबार ओमसतिया गाउँपालिका–करबलामा लालपुर्जा वितरण कार्यमा सरोकारभन्दा बाहिरका नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामकृष्ण खाणले लालपुर्जा वितरण गरेको भन्दै एमालेले आपत्ति जनाएको हो। नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले एक विज्ञप्ति जारी गरी निर्वाचनलाई नै प्रभावित पार्ने गरी सरकारसँग सरोकार नभएका व्यक्तिबाट सरकारी कागजात वितरण हुनु कानूनविपरीत भएको दाबी गरेको छ।

ओमसतिया गाउँपालिका-२ का अध्यक्ष ज्ञानेश श्रेष्ठले नापी कार्यालयले उपलब्ध गराएका लालपुर्जा कांग्रेस सभापतिलाई प्रमुख अतिथिको रूपमा निम्त्याएर वितरण गरेको बताए। श्रेष्ठ गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।