ताजा अपडेट »

रुसी र युक्रेनी विदेशमन्त्रीबीच दुई साताभित्र वार्ताः टर्की

विहीबार, १७ चैत्र २०७८, १५ : २५
18 Shares

मस्को । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता हुन सक्ने बताइएको छ । दुई नेताबीच दुई साताभित्र वार्ता हुन सक्ने टर्कीले बिहीबार जानाकारी दिएको छ । 

‘कम्तीमा एक वा दुई साता भित्रमा विदेशमन्त्री स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ’, टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने । उनले अगाडि थपे, ‘यो महत्वपूर्ण छ कि दुबै पक्षहरू एकसाथ आउँछन् र स्थायी युद्धविराममा सहमत हुन्छन् ।’ सो वार्तामा टर्की मध्यथता गर्न इच्छुक रहेको उनले बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।