ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको टेण्डर विवादमा आएपछि प्राधिकरणका निर्देशक घिमिरेले दिए राजीनामा

सोमबार, १४ चैत्र २०७८, १८ : ४४
6 Shares

बुटवल । लुम्बिनी प्रदेश विकास प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डर विवाद आएपछि उनले राजीनामा दिएका हुन् । अस्पतालको टेन्डरमा राज्यलाई नोक्सान पर्ने गरी कार्यविधि बनाएको भन्दै ठेकेदार कम्पनीहरुले विरोध गरेका थिए ।

निर्देशक घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै राजीनामा दिएका थिए । भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का दुई कम्पनी मात्र छनोट गर्ने गरी स्पेसिफिकेसन तयार गरेर प्रक्रियामै सेटिङ गरेको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणले टेण्डर रद्द गरेको  जनाएको छ ।

विवादित टेण्डरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरीहरू परेको छ भने उच्च अदालत दाङमा व्यवसायीहरुले मुद्दा दायर गरेका छन् ।  प्राधिकरणले आह्वान गरेको ठेक्कामा रमेश शर्माको शर्मा र रसुवा जेभी मात्र सहभागी भएका थिए ।

उनले राजीनामा घोषणा गर्दै २०५६ सालदेखि आवद्ध रहेको नेकपा माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट विश्राम लिएको घोषणा पनि गरेका छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।