ताजा अपडेट »

दाङमा चार लाख बढी मतदाता, १५३ वटा मतदान स्थल, ४६१ मतदान केन्द्र तोकियो

सोमबार, १४ चैत्र २०७८, १६ : ५१
26 Shares

दाङ । दाङमा चारलाख मतदाता रहेका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम परिणाम अनुसार ४ लाख ९ हजार ९ सय मतदाता रहेका छन् । जसमा महिला बढि छन् ।

महिला मतदाताको संख्या दुइलाख ९ हजार ९९ रहेको छ भने पुरुष मतदाताको संख्या २ लाख ७ सय ९९ रहेको छ । दाङमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा मतदाता संख्या रहेका छन्, भने सबै भन्दा थोरै राजपुर गाउँपालिकामा रहेका छन् । घोराहीमा १ लाख १२ हजार ९ सय २७ मतदाता रहेका छन् । त्यस्तै राजपुरमा १५ हजार ७ सय २३, तुलसीपुरमा एकलाख ७ हजार ६ सय ७७, गढवामा २९ हजार ८ सय २ जना मतदाता रहेका छन् ।

त्यस्तै दंगीशरणमा १८ हजार एकसय ६, बबईमा २२ हजार एकसय ४४, राप्तीमा ३२ हजार ३ सय २३, लमहीमा ३४ हजार ३ सय ८२ जना मतदाता रहेका छन् । यसैबिच दाङमा १५३ वटा मतदान स्थल तोकिएको छ भने ४६१ मतदान केन्द्र तोकिएको छ । घोराहीमा ४० मतदान स्थल तोकिएको छ भने १२६ मतदान केन्द्र रहेका छन् ।

त्यस्तै तुलसीपुरमा ३३ मतदान स्थल ११९ मतदान केन्द्र, दंगीशरणमा ८ मतदान स्थल २१ मतदान केन्द्र, बंगलाचुलीमा ११ मतदान स्थल १८ मतदान केन्द्र रहेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी