ताजा अपडेट »

फोनिज अध्यक्षमा गजुरधन राई

मंगलबार, ०८ चैत्र २०७८, १८ : ०४
22 Shares

काठमाडौं । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा गजुरधन राई निर्वाचित भएका छन्।

चितवनको सौराहामा भएको सातौं संघीय महाधिवेशनबाट नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक राई सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षसहित वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्ष सरु राना, संस्थागत उपाध्यक्ष जगत दोङ, महासचिव मिलन लिम्बू, सचिव संस्थागत छेटु शेर्पा, कोषाध्यक्ष लाला गुरुङ र सहकोषाध्यक्ष सञ्जु ब्लोन सर्वसम्मत निर्वाचित भएका छन् ।

खुला उपाध्यक्ष, अल्पसंख्यक उपाध्यक्ष, खुला सचिव, अल्पसंख्यक सचिव लगायतका पदमा भने निर्वाचन भएको छ । निर्वाचनको परिणाम आजै सार्वजनिक हुने नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चौधरीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।