२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

बुटवल । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा शनिबार भएको सुपर फोरको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ९१ रनले पराजित गर्दै जित निकालेको छ ।

Advertisement

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४.१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ५३ रनको योगफल बनायो । उसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धिरज शाहीले १६ रन जोडे । बलिङमा मेलवर्नका रोशनलाल गुप्ताले ४, रमेश कुर्मी, सन्तोष यादव र सविन शाक्यले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्न २४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमै समेटियो । उसका लागि रोशनलाल गुप्ताले २८ र सुशान्त थापाले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका दुर्गेश गुप्ताले ४, अजयकुमार चौहानले ३ र लालबहादुर अधिकारीले २ विकेट लिए । दुर्गेश गुप्ता म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, वेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने