२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

बुटवल । गायक प्रकाश सपुतको ‘पिर’ गीतले सार्वजनिक भएको एक सातामै करोड भ्युज बटुलेको छ । माओवादी सशस्त्र युद्ध, मुलुकमा आएको व्यवस्था परिवर्तन र भुई तहमा कार्यकर्ता तथा जनताहरुको अवस्थालाई समावेश पारेर तयार पारिएको पिर गीत ट्रेन्डिङको पहिलो नम्बरमा रहँदै एक करोड भ्युज बटुल्न सफल भएको हो ।

Advertisement

अघिल्लो शुक्रवार सार्वजनिक ‘पीर’ बोलको गीतको भिडियाेमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ । भिडियाेको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ । त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका छन् । भिडियाेमा ‘देहव्यापार गर्न लागेकी महिला’को भूमिका निर्वाह गरेकी कलाकार केशु पुन मगर (केशरी) आफू पूर्वजनवादी कलाकार भएको बताउँछिन् । गीतको म्युजिक भिडियोका बारेमा यो समाचार तयार पार्दासम्म यूट्युव च्यानलमा गई ३९ हजार बढीले प्रतिक्रिया जनाएका छन् ।

माओवादी विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले उक्त गीत यूट्यूबबाट हटाउन चेतावनी दिएपछि उक्त भिडियाेबारे सामाजिक सञ्जालमा व्यापक चर्चा हुन थालेको थियो । सिंहले भिडियाेमार्फत् जनयुद्धमा सहभागी महिलाहरू देहव्यापारमा संलग्न भएको सन्देश दिनु प्रति आपत्ति जनाउँदै लेखेकी छनः ‘यस भिडियो निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको, राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा बुझाइरहनुपर्ने हो ?’ उनले भिडियाे अपमानजनक भएको र सर्जक सपूतले माफी मागेर त्यसलाई यूट्यूबबाट हटाउनु पर्ने चेतावनी दिएकी थिइन् । माओवादी केन्द्रका ४ भातृ संगठनहरुले त विज्ञप्ति नै निकाली उक्त गितमा समावेश गरिएको भियो तत्काल हटाउनु पर्ने माग समेत गरे ।

नेपालमा माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व गरेकामध्ये एक शीर्ष नेता डा. बाबुराम भट्टराईले भने प्रकाश सपुतको पक्षमा आफ्नो मत राखेका थिए । उनले गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको बताउँदै ट्वीटमा लेखेका थिए –‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढँगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’

बजारमा गीतको पक्ष र विपक्षमा सर्वत्र समर्थन र आलोचना सुरु भएपछि सपुतले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै भनेका थिए ‘मैले गल्ती गरेको हुँ कि तपाईहरु (केही) ले गलत बुझनु भएको हो । समीक्षा गर्दै छु ।’ जे होस नेपाली गीत संगीतमा मात्र होइन मुलुकको राजनीतिक परिवर्तन र हालको व्यवस्थाका बारेमा समेत ठूलै समीक्षा गर्नु पर्ने आवश्यकता रहेको कुरालाई सपुतको सिर्जनाले बलियो गरी उठान गर्न सफल देखिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने