२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

जनकपुरधाम । फागुनभित्रै कुर्था–जयनगर रेलसेवा सञ्चालन हुने उद्देश्यले १ फागुनदेखि  ‘ड्राइरन’ (यात्रुविना) सुरु गरिए पनि रेल नियमित सञ्चालन अझै अन्योलमा परेको छ । १ फागुनदेखि नियमित ड्राई रन सञ्चालन हुँदै आएको थियो । तर, पनि चैत सुरु भइसक्दा पनि नियमित रेल सञ्चालन हुने निश्चित नभएपछि ड्राई रनको समय पनि कटौती गरिएको  छ ।  

Advertisement

कुर्था–जयनगर ओहोरदोहोेर गर्न दैनिक एक सय ३० लिटर डिजेल खर्च हुने गरेको छ । तर, यात्रुविना नै रेल चल्ने भएपछि दैनिक खर्च बढेकोले खर्च कटौती गर्न अब महिनाको १५ दिन (ड्रायरन) गरिने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए । यता, रेल सञ्चालनका लागि माघमा रेलले विभिन्न पोस्टमा ६५ जना कर्मचारी भर्ना गरिएको थियो । तर, रेल सञ्चालन नभए पनि उनीहरू अहिले बसेर नै तलब बुझ्ने गरेका छन् ।

‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्,’ महाप्रबन्धक झाले भने, ‘भाडादर पनि निर्धारण भइसकेको छ । तर, रेलसम्बन्धी ल्याएको अध्यादेश निष्क्रिय भएपछि नियमति सेवा दिने अझ अन्योलमा पर्ने देखिएको छ ।’ जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ । १४ माघमै रेल सञ्चालनसम्बन्धी अध्यादेश निष्क्रिय भएको उनले बताए ।
 
‘आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाउने छौँ,’ महाप्रबन्धक झाले भने, ‘सरकारले अध्यादेश पुनः ल्याउने तयारी पनि गरेको छ । कानुन नभएसम्म एकदिन बिराएर नै चलाउँछौँ ।’‘ड्रायररन’ सफलतापूर्वक सञ्चालन भइरहे पनि जनचेतनाको अभाव देखिएको उनले बताए । ‘पशु चौपाया अझै लिकमै हुन्छन् । जसको कारण अहिले ४५ मिनेट ढिलो भइरहेको छ,’ उनले भने, ‘रेलवे लिक क्रस गरी बनाइएको बाटोले गर्दा स्लो गतिमा रेल चलाउनु परेको छ । खाली ठाउँमा ५० र बजार क्षेत्रमा १० देखि १५ किलोमिटर प्रतिघण्टाको स्पिडमा चल्ने गरेको छ ।’

जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । २ आसोज  २०७७ मा नेपाल सरकारले भारती रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । 

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका