२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौं। आसन्न स्थानीय चुनावलाई लक्षित गरेर सत्तारुढ दलहरु चुनावी तालमेल गर्न खोजिरहेका छन् । विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अहिलेको गठबन्धनलाई निरन्तरता दिँदै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । यो विषयमा नेपाली कांग्रेसभित्र भने थरीथरीको धारणा छ ।

Advertisement

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमार्फत नै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । तर, अन्य नेताहरु भने कांग्रेस एक्लै चुनावमा जाननुपर्ने बताइरहेका छन् । यसका लागि कांग्रेसले एक महिने चुनावी अभियानपश्चात निर्णय गर्नेछ । सत्ता गठबन्धन स्थानीय चुनावमा कसरी प्रस्तुत हुन्छन भन्ने भन्दा पनि नेकपा एमाले कसरी जान्छ होला भन्नेमा धेरैको चाँसो देखिन्छ । एमाले नेताहरू अहिलेसम्म एक्लै चुनावमा जानुपर्ने पक्षमा छन् । तर, एमाले अध्यक्ष केपी ओली भने आफू जित्नको लागि साम, दाम, दण्ड, भेद सबै खालका उपाय अपनाउने रणनीतिमा छन् । यसको अर्थ एमालेसँग अन्य दलको चुनावी तालमेल हुँदैन पनि भन्न सकिने अवस्था छैन । 

विशेषगरी, जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), कमल थापा नेतृत्वको राप्रपा नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी एमालेसँग चुनावी गठबन्धन बनाएर लड्ने तयारीमा छन् । त्यसका लागि यी पार्टीका नेताहरूले एमाले अध्यक्ष ओलीसँगको भेटघाट तथा छलफललाई तीव्रता दिएका छन् । दोस्रो तहका नेताहरूबीच पनि चुनावी गठबन्धन गर्ने विषयमा छलफल चल्दै आएको छ । अनौपचारिक सम्वाद चलिरहेको छ । यो सम्वाद सकारात्मक दिशामा अघि बढिरहेको नेताहरु बताउँछन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा एमालेसँग सहकार्यको प्रयास भइरहेको बताए ।  

अध्यक्ष थापाले एमालेसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको बताए । एमालेसँग छलफलअघि बढाउन जिल्ला अध्यक्षहरुलाई निर्देशन नै दिएका छन् । जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा थापाले भने, ‘हामी चुनावमा एमालेसँग सहभागी गर्ने प्रयासमा छौं । तपाईंहरू एमालेसँग स्थानीयस्तरमा कुरा थाल्नुस्, कतै अगाडि बढ्ने अवस्था भयो भने केन्द्रबाट सहजीकरण गर्छौं ।’ अध्यक्ष थापा र एमाले अध्यक्ष ओलीबीच अनौपचारिक सम्बाद चलिरहेको छ । राप्रपा नेपाल प्रवक्ता बसन्तमानसिंह अधिकारीले स्थानीय चुनावमा गठबन्धन वा निश्चित तहमा सहकार्यको विषयमा छलफल भइरहेको बताए । 

यस्तै लोसपा पनि एमालेसँगै चुनावमा होमिन खोजिरहेको छ । जसपासँग छुट्टिएपछि लोसपाको जनाधार कमजोर देखिएको छ । नतिजा आफ्नो पक्षमा पार्नका लागि पनि लोसपाले एमालेसँग चुनावी गठबन्धन वा सहकार्यको प्रस्ताव अघि सारेको हो । लोसपा अध्यक्ष महन्त ठाकुरले जनकपुरको एक कार्यक्रममा एमालेसँग सहकार्य हुनसक्ने संकेत गरेको थिए । तर, लोसपा नेताहरुले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुसँग पनि छलफल चलाइरहेका छन् । लोसपाले अघि सारेको मागहरु पुरा भएको खण्डमा कांग्रेससँग पनि सहकार्य गर्न सकिनेछ । 

लोसपा नेता केशव झाले अहिलेसम्म कुनै दलसँग औपचारिक छलफल नभएको बताए । छलफल भएको खण्डमा जुनसुकै पार्टीसँग पनि गठबन्धन वा सहकार्य गर्न लोसपा तयार रहेको उनको भनाइ छ । ‘एमालेसँग छलफल हुने अवस्था थियो । तर, अहिले हाम्रै पार्टी नेता कार्यकर्तालाई आफ्नो पार्टीमा लैजाने काम गरिराख्नुभएको छ । जसले गर्दा पनि सहकार्यको समभावना कम देखिन्छ,’ नेता झाले भने ।  

लोसपाले सहकार्य र चुनावी गठबन्धनको लागि ढोका खुल्लै राखेको बताए । नेकपा एमालेले अहिले तराई मधेशमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति अपनाएको छ । मधेशमा आफ्नो बलियो उपस्थितिका लागि पनि एमालेले लोसपासँग सहकार्य गर्ने मनस्थिति देखाएको हो । पार्टी विभाजनपछि मधेशमा पनि एमाले कमजोर छ । एमालेभन्दा बलियो मानिएको नेकपा एकीकृत समाजवादीलाई कमजोर पार्नको लागि पनि एमालेले लोसपासँग सहयर्का गर्ने मनस्थिति बनाएको हो । 

त्यस्तै एमालेले नेतृत्व गर्ने गठबन्धनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि थपिन सक्छ । अहिले जनमत पार्टी तराईमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । उसले जसपालाई आफ्नो निशानामा राखेको छ । त्यसका लागि लोसपा पनि जनमत पार्टीसँग सहकार्य र गठबन्धनको लागि तयारी अवस्थामा देखिएको छ । एमालेले आफ्नो उपस्थिति कमजोर देखिएको क्षेत्रमा चुनावी तालमेल गर्ने पक्षमा छ । त्यसका लागि सत्तारुढबाहेकका दलसँग अनौपचारिक छलफल चलाइरहेको छ । 

तर, एमाले नेताहरू भने स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने दाबी गर्छन् । एमाले सचिव टोपबहादुर रायमाझी स्थानीय तह निर्वाचनमा एमाले कसैसँग गठबन्धन गर्ने पक्षमा नरहेको बताउँछन् । आफ्नो एजेण्डा लिएर जनतामाझ जाने दाबी गर्दै त्यसका लागि कसैसँग पनि सहकार्य गर्न आवश्यक नरहेको प्रष्ट पारे । एमाले उपाध्यक्ष विष्णु पौडेलले भने चुनावी तालमेल वा गठबन्धनका लागि एमालेले अहिलेसम्म कसैसँग पनि छलफल नचलाएको बताए । एमाले एक्लै चुनाव लड्ने पक्षमा रहेको उनको भनाइ छ । 

हुनत राजनीतिमा नैतिकता भन्ने कुरा हुँदैन । अहिले पानी बाराबारको अवस्थामा रहेका ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच पनि चुनावी तालमेल नहोला भन्न सकिने अवस्था छैन । जसको क्लू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिइसकेका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले धोका दिएमा एमालेसँग गठबन्धनको सम्भावना कायमै रहेको बताएका छन् । 

प्रेस सेन्टर लुम्बिनीले आज (बिहीबार) बुटवलमा गरेको कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही कुरा नहुने बताए । एमालेसँगको सम्भावित तालमेलबारे पत्रकारले गरेको प्रश्नमा प्रचण्डले तत्काल केपी ओली र उनको पार्टीसँग तालमेल सम्भावना नभएको उल्लेख गरे । एमालेसँगको गठबन्धन कांग्रेसको व्यवहारमा पनि निर्भर हुने बताए । 

‘कांग्रेसका केही नेताहरुले माओवादी केन्द्रसँग कुनै हालतमा तालमेल हुँदैन भनिरहेका छन् । केही नेताहरू अतिवादी ढंगले बोलिराख्नु भएको छ,’ प्रचण्डले भने, ‘कांग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन । तर, अहिले प्रधानमन्त्री शेरबहादुर देउवा यो गठबन्धनलाई हर हालतमा बचाएर जानुपर्छ भन्नेमा हुनुहुन्छ । त्यहीकारण मैले भनेजस्तो अवस्था आउला भन्ने मैले देखेको छैन ।’ -कृष्णसिंह धामी/न्युज कारखाना
 

प्रतिकृया दिनुहोस्

Flash News

एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै