ताजा अपडेट »

लुम्बिनी प्रदेशकाे कार्यक्रममा सहभागी हुन प्रचण्ड बुटवलमा

विहीबार, ०३ चैत्र २०७८, ०९ : ३०
14 Shares

बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार आज बुटवल आउँदैछन्। पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न उनी उनी काठमाण्डौंबाट रुपन्देहीतर्फ लागि सकेको प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

मल्लका अनुसार प्रचण्डले पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्वाचन केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिनेछन् । 

केन्द्रीय कमिटी बैठक लगत्तै माओवादी केन्द्र निर्वाचन अभियान सुरु गरेको । प्रदेश १ बाट माओवादीले निर्वाचन अभियान सञ्चालन गरेको हो । 

सो क्रममा प्रचण्डले पार्टीलाई पहिलो दल बनाउने गरी निर्वाचन अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिने गरेका छन् । 

उनले केन्द्रीय कमिटी बैठकमा पार्टी दोस्रो हुने रिपोर्टिङ पाएको जानकारी दिएका थिए । तर, पहिलो हुने गरिको तयारी आवश्यक रहेको भन्दै केन्द्रीय कमिटीका नेताहरूलाई हौस्याइ दिएका दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।