२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाडौं । एमाले आसन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी चुनावमा होमिने भएको छ । 

Advertisement

संघीय संसद भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

‘आजको बैठकमा अध्यक्षज्यूले विशेष निर्देशन दिनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘तपाइँहरू पार्टीलाई धेरैभन्दा धेरै स्थानमा निर्वाचित गराउने गरी लाग्नुहोस् ।’ 
३० वैशाखमा हुने स्थानीय तहको निनर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिएका प्रमुख सचेतक भट्टराईले एकाध स्थानमा एकाध पार्टीसँग तालमेल गरे पनि देशभर एक्लै चुनावमा होमिने जानकारी दिए । 

सर्वसम्मतीमा उम्मेदवार चयन गर्ने दाबी गरेका उनले कुनै स्थानमा सर्वसम्मती हुन नसके माथिल्लो कमिटीले हेर्ने बताए । 

संसदको दशौं अधिवेशनमा सरकार र सभामुख अग्निप्रसाद सापकोटाले देश र जनताको पक्षमा काम नगरेर आफ्नो मक्सद पूरा गर्ने कार्यमात्र गरेको एमालेले निष्कर्ष निकालेको भट्टराईले बताए । 

देशको अर्थतन्त्र रसातलमा पुगेको भन्दै यसको प्रतिवाद गर्ने एमालेले निर्णय गरेको छ । – न्युज कारखाना 

प्रतिकृया दिनुहोस्

Flash News

घट्यो सुनको मूल्य नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन