ताजा अपडेट »

सुनकाे मूल्य ओरालाे

बुधबार, ०२ चैत्र २०७८, ११ : ३९
2 Shares

काठमाडौँ । सुनकाे मूल्य याे साता ‌ओरालाे लागेकाे छ । साताकाे पहिलाे दिन प्रतिताेला एक लाख दुई हजार आठ सयमा किनबेच भएकाे छापावाला सुन साताकाे चाैथाे दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

साताकाे पहिलाे दिनकाे तुलनामा दाेस्राे दिन साेमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ ताेकिएकाे थियाे । यसैगरी साेमबारकाे तुलनामा म‌ंगलबार छापावाल सुनकाे मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा काराेबार भएकाे स‌ंघले जनायाे । मंगलबारकाे तुलनामा बुधबार ताेलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेकाे छ । साताकाे पहिला दिनकाे तुलनामा साता चाैथाे दिन बुधबार सुनकाे मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेकाे छ । 

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारर एक हजार तीन सय ७० रुपैयाँ ताेकिएकाे संघले जनाएकाे छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।