२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । पाल्पाको रैनादेवि छहरामा आगलागीमा परी गएराती एक पुरुषले ज्यान गुमाएका छन् । मँगलबार रातको करिब साढे दश बजेको समयमा आफू सुत्ने घरको कोठामा एक्कासी आगलागी भएपछि उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रैनादेवि छहजार गाउँपालिका–३ ढुकुर खोला बस्ने स्थानीय ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको हो । टिनको छाना भएको आफ्रनै ३ तले घरको दोस्रो तलामा सुतिरहेका उनी आगलागिमा परेका हुन् । उनी सुत्ने कोठामा एक्कासी कसरी आगो लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका परिवारहरु श्रीमती, छोरा र छोरीहरु अर्को गोठसहितको (नालेघर) मा सुतेका थिए । घटना थाहा पाएलगत्तै उनको परिवार र छिमेकीले राती साढे १२ बजेसम्ममा आगो नियन्त्रणमा लिएका थिए । मृतकका २ छोराहरु बुटवल बस्दै आएका छन् । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?