ताजा अपडेट »

भ्यालेन्टाइन र नेपाली समाज

शुक्रबार, २८ माघ २०७८, १४ : २५
108 Shares

१४ फेब्रुअरी अर्थात् भ्यालेनटाइन डे । यो संसार माया, प्रेम,विश्वास र अनेक आस्थाका कारणले मात्रै चलायमान भएको छ । संसार चलायमान हुनु भनेको यहाँ भित्रको सामाजिक आर्थिक गतिविधिहरुले प्रगतीशिलताको लय समात्नु हो । यो दिन आँफै महत्वपूर्ण विशेष दिनहो ।

यसको महत्वलाई विभिन्न आयामबाट व्याख्या गरिएको पाइन्छ । प्रेम भनेको दुई आत्माहरु बीचमा सिर्जना हुने विश्वासका कारणले चलायमान र दीगो हुने मानविय सम्बन्धहो । यसका माध्यमबाट संसारका हरेक कठिन यात्राहरु समेत सहज र सरल तरिकाबाट पूरा गर्न सकिन्छ । प्रेम जो सुकैसँग पनि हुन सक्दछ जस्तैँ अभिभावक र सन्तान, श्रीमान–श्रीमती , गुरु शिष्य, यद्धपि वर्तमान समयमा प्रेमको परिभाषालाई दुई विपरित लिङ्गीमा रहने सम्बन्धका रुपमा संकुचित तवरले अर्थ लगाएको पाइछ ।

यो दिवस इस्वी संवत् २६९ देखि इटालीको रोमबाट मनाउन सुरु भएको पाईन्छ । रोम राज्यका चर्चका पादरी सेन्ट भ्यालेन्टाइनलाई रोमनहरुमा पनि विशेष गरी त्यहाँका सैनिकहरुले अत्यन्त सम्मान गर्ने पर्वका रुपमा यस दिनलाई मनाउने प्रचलन रहेको छ । तत्कालिन समयका रोमन सम्राट क्लाउडियस द्धितीयले युवाहरु प्रेमतर्फ आर्कषित भएभने देशको शैन्य शक्तिमा असर उत्पन्न हुन्छ भन्ने निष्कर्ष निकाली प्रेम सम्बन्धमा प्रतिबन्ध लगाएकाथिए ।

यद्धपि यो प्रतिबन्धलाई भ्यालेन्टाइन नामका सैनिकले यो निर्णय धर्म विरोधि रहेको भन्दै विद्रोह गरेका थिए । उनको त्यो कार्यका लागि रोमन सम्राटले कठोर सजाय मृत्युदण्ड दिएका थिए । उनैको सम्झनामा विश्वभरका पे्रम जोडीहरुले महान उत्सवको दिनको रुपमा १४ फेब्रुअरीलाई मनाउन लागेको विश्व इइतहास रहेको छ । यसैबीच वर्तमान समयमा युवायुवती प्रेमको वास्तविकता भन्दा पनि उमेर अनुसार आफूहरुमा आउने यौवन चाहनालाई सन्तुष्ट पार्ने माध्यमको रुपमा प्रेम सम्बन्धलाई लिएको पाइन्छ । जुन यसको वास्तविक अर्थ र प्रयोग भन्दा भिन्न र प्रेम भित्रको विकृतीको रुपमा चित्रण गनुपर्ने बाध्यात्मक परिस्थितिको निर्माण भएको छ ।

प्रेम के हो ? यो प्रश्नको उत्तर व्यक्तिअनुसार , परिवेश र परिस्थितिअनुसार फरक–फरक आउने गर्दछ । वास्तवमा प्रेम अदृश्य रहन्छ जसलाई महशुस गर्न सकिन्छ। तर, संसारका कुनै मापनएकाईमा मापन गर्न सकिँदैन। हामीले अरुलाई प्रेम गर्नुपूर्व सबैभन्दा पहिले आफलाई प्रेम गर्न सिक्नु पर्दछ अनिमात्रै हाम्रा अन्य प्रेमहरुले सफलता प्राप्ति गर्दछन् ।

प्रणय दिवसका अवसरमा प्रेम भनेको दुई फरक लिङ्गीहरुले एक आपसमा रातो गुलाबको फूल साटासाट गरेर एकले अर्कोको भावनालाई आत्मसात गरि नयाँ गन्तव्यको थालनी गर्ने विश्वव्यापी अभियानका रुपमा बुझिएको छ । नेपाली युवायुवतीहरुका माझमाअन्यदिनहरुमा प्रेम प्रस्ताव राखेको केटी वा केटीले नस्विकारेको अवस्थामा यहिँ दिनको अवसरमा प्रस्ताव राखेमा स्विकार गर्दछन भन्ने विश्वास पनि रहेको छ । त्यसो त प्रेम अन्धो हुन्छ प्रस्ताव पास नभएको अवस्थामा आत्महत्यासम्म गरेका घटनाहरु पनि यो दिवसमा सुन्नु परेको हुन्छ ।

नेपाल विकासोन्मुख मुलुकभएकोले संसारमा रहेका हरेक संस्कार र गतिविधिको सिधा प्रभाव पर्ने गर्दछ । जसको गतिलो नमुना भनेकै यहि प्रणय दिवस हो । विकसित देशका संस्कारहरुको जबरजस्ती नक्कल गर्ने प्रणालीले गर्दा विकासोन्मुख अर्थतन्त्रले आफूलाई स्तरोन्नती गर्न चुकिरहेका हुन्छन्। वर्तमान समयमा मनाई रहेको भ्यालेन्टाइन डेले नेपाली अर्थतन्त्रमा पैसाको चलायमानलाई तिव्रता दिने भएतापनि यसैलाई आधार बनाएर देशमा भित्रिने चकलेट तथा रातो गुलाफको फूललाई गरिनुपर्ने भुत्तानीको हिस्सा अत्यधिक रहेको हुन्छ ।

यसकारण भ्यालेन्टाइन दिवस एक दिनको अवसर रहेतापनि विकासोन्मुख अर्थतन्त्रमा यसको प्रभाव लामो समय सम्मव्यापार घाटा तथा भुत्तान असन्तुलनका रुपमा रहिरहेको हुन्छ । नेपाली उपभोक्ताहरुमा स्वदेशकै वस्तुको उपभोगबाट पनि यस्ता दिवसहरु मनाउन सकिन्छ भन्ने अवधारणमा स्पष्टता नपारीकन अन्य देशहरुलाई आर्र्थिक र सांस्कृतिक रुपमा फाइदा हुने गरी पर्व मनाउनुले हाम्रो अर्थतन्त्र थप नाजुक अवस्थामा जाने निश्चित नै रहेको छ ।

मुख्यतया भ्यालेन्टाइन डे एकदिवसिय अवसर भएतापनि पछिल्लो समयमा यसलाई सप्ताहव्यापी मेलाका रुपमा फरक–फरक रुपमा मनाउने चलनको सुरुवात भएको छ । खासमाति सबै दिनहरुले घरायसी क्षेत्रमा रहेको पैसाँलाई व्यसायिक क्षेत्रमा पुर्याउने गर्दछ । जसले गर्दा देशको औद्योगिक क्षेत्रमा रहेको पूजीँ निर्माणको अभावलाई केहीहदसम्म पूरा गर्न सकिन्छ । दुःखको कुरा नेपालीबजारमा यो दिवसको अवसरमा घरायसी क्षेत्रबाट आएको रकमको ७० प्रतिशतभन्दा धेरै रकमविदेशीबजारमा जाने गर्दछ ।

जसले स्वदेशमाउत्पादन वृद्धि, नयाँ लगानीका क्षेत्र पहिचान, रोजगारीका अवसरहरुको सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निमार्णमा कुनै ठोस योगदान गर्न सक्दैन । किनकी नेपाली अर्थतन्त्र उत्पादन केन्द्रित अर्थतन्त्रनभएर उपभोत्तावादी अर्थतन्त्र हो । विभिन्न बाहना हामीले गरिरहेको खर्चले देशभित्रकोे पूँजी निर्माणको गतिलाई आवश्यक पर्ने रकम नै विदेशी अर्थतन्त्रमा लैजान्छ भने यस्ताँ कार्यहरुमा गरिने खर्चमा न्यूनीकरण गर्दै लैजानु आवश्यक छ ।

कोभिड १९ का कारणले धरासायी बनेको नेपाली पर्यटन क्षेत्र विभिन्न समयमा आउने यस्ता अवसरहरुले सुधारका संकेतहरु प्राप्तहुने गर्दछन । जसका माध्यमबाट अर्थतन्त्रको पुनःत्थानहुने अपेक्षा राख्न सकिन्छ । किनकी यस अवसरमा नेपालका सबै पर्यटकिय, धार्मिक तिर्थस्थलतथा ऐतिहासिक क्षेत्रहरुमा आन्तरिक तथाबाह्य पर्यटकहरुको बाक्लो उपस्थिति हुने गर्दछन्। जसले गर्दा त्यो क्षेत्रको व्यापार व्यवसायमा छोटो समयमा उल्लेखनीय वित्तिय कारोवार हुने गर्दछन् ।

वर्तमान समयमा विशेष अवसर पारेर क्याफेहरुमा जाने र घण्टौंसम्म त्यहाँ हुँक्का चुरोट तथा मद्यपनामा रम्ने युवायुवतीहरुका कारणले गर्दा हाम्रा क्याफेहरु समाजमा व्यस्यकहरुलाई लागि आफ्ना सन्ततीको भविष्य धरापमा पार्ने व्यवसायको रुपमा चित्रित भएका छन् । जसलाई यसपालीको प्रणय दिवसले पनि निरन्तरता दिने कुरा हप्तादिन अगाडिबाट तीक्याफे , बार , रेष्टूरेण्ट, नाइट क्लबका विज्ञापनहरुले संकेत गरिरहेका छन्। अर्थशास्त्रीय दृष्टिकोणमा त्यो कर्मले स्टक रहेको पूँजी परिचालन गरेको भएतापनि उत्पादनशील क्षेत्रमा न्यून मात्रामा मात्रै सकारात्मक प्रभाव पार्ने निष्कर्ष निकाल्न सकिन्छ । प्रेम दिवसको शुभकामना !

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल