ताजा अपडेट »

दाङको थारु नमूना ग्राम जिर्ण

शनिबार, २२ माघ २०७८, २२ : १३
4 Shares

दाङ । २०६५ साल चैत १४ गते घोराही उपमहानगरपालिका ७ सीसहनियामा थारू नमुना ग्राम स्थापना भयो । थारू समुदायहरू मात्र रहेको उक्त गाउँमा नमुना ग्राम स्थापना भएपछि स्थानीय निकै खुशी थिए । लोप हुँदै गएको आफूहरू कला संस्कृति बच्ने र प्रचार प्रसार हुने र गाउँमा पर्यटकहरू आउने, गाउँको विकास हुने भन्दै आफूहरू निकै खुशी भएको स्थानीय जनकलाल चौधरीले बताए । तर, अहिले उक्त ग्रामको अवस्था देखेर उनी खुशी नभइ दुखी देखिन्छन् ।

उनले भने, ‘हाम्रो ठाउँमा थारू नमुना ग्राम स्थापना भएपछि अब हामीहरूको कला संस्कृतिको संरक्षण हुने र यहाँको विकास हुने लागेको थियो । हामीले पनि निकै जोस जाँगरका साथ काम गरेका थियौँ । तर, जुन उद्देश्यका साथ स्थापना भएको हो । त्यो अहिलेसम्म पूरा नहुँदा दुख लागेको छ ।’ तत्कालीन जिल्ला विकास समिति दाङले करिव सवा तीन लाख रुपैयाँ खर्च गरेर थारू ग्रामको घोषणा गर्दै बनाएका ५ वटा नमुना घरहरू बनाएको समेत उनले बताए । उनले संघीयता लागू भएसँगै जिल्ला विकास समिति खारेज हुनु र यसका लागि बजेट नआउँदा पनि अहिले सबै घरहरू जीर्ण बन्दै गएको बताए । उनका अनुसार अहिले ति घरहरू अहिले थोत्रिएका छन् । छानो चुहिने, भित्ता मक्किएका तथा बेवारिसे अवस्थामा पुगेका छन् ।

त्यस्तै उनले अहिले जीर्ण अवस्थामा रहेको थारू नमुना ग्रामलाई संरक्षण गर्न समेत माग गरे । जिविस दाङले स्थापना गरेको नमूना थारू ग्राममा अपर्याप्त सहयोग र सम्झौता अनुसार कार्यान्वयन हुन नसक्दा तथा बजेट अभावका कारण जीर्ण अवस्थामा आइपुगेको उनको भनाइ छ । थारू बाहुल्यता रहेको सीसहनिया गाउँको दक्षिणतिर बबई नदी छ । छेवैमा सामुदायिक वन क्षेत्र छ । त्यसैको आडमा लस्कर लगाएर बनाइएको छन्, थारू रहनसहन र परिवेश झल्कने उत्तर दक्षिण फैलिएका घरहरू । करिव ५ बिगाहा क्षेत्रफल थारू नमूना ग्रामको नाममा रहेको छ । बनाइएको थारू ग्राम भने करिव १ बिगाहामा रहेको छ । जीर्ण अवस्थामा उभिएका घरमा मिथिला कला शैलीमा बनाइएका विभिन्न जनावर र औजारहरूको कलाकृति देख्न पाइन्छ ।

तर, कला, सीप र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा स्थानीहरू चिन्तामा रहेका छन्, भने अतिक्रमण बढ्ने र सार्वजनिक सम्पत्ति हराउने खतरा बढेको छ । सुरुवाती चरणमा थारू नमुना ग्राम स्थापना गर्ने बेला थारू समुदायको परम्परागत थारू घर, बालविकास केन्द्र, थारू संग्रहालय, उद्यान लगायत स्थापना गर्ने सम्झौता भएपनि ती कुरा केवल भनाइमा सीमित हुँदा थारू नमुना ग्राम अलपत्रको अवस्थामा आइपुगेको थारू नमूना ग्रामका सञ्चालक समितिका अध्यक्ष बेझलाल चौधरीले बताए । उनले थारू संस्कृति झल्काउने विभिन्न थारू नाचको लागि थारू पहिरन भेषभूषा, मादल, शुद्ध खानेपानी, मोटर बाटो, सिचाई, विद्युत, जीवनशैली झल्कने औजार, सामान, पूजा गरिने देवी देवता तथा उठबसका क्रममा प्रयोगमा आउने बस्तुहरु लगायतको व्यवस्था गर्ने सम्झौता भएको भएयात पन त्यो अहिले सम्म नभएको गुनासो गरे ।

स्थानीयहरुलाई मात्र नभई वडाका जनप्रतिनिधिहरुलाई पनि थारू ग्राम आर्थिक अभावका कारण जीर्ण बनिरहेको थाहाँ छ । वडा नं। ७ ले संरक्षणको लागि वार्षिक १ लाख बजेट छुट्टाउँदै आएको भएयता पनि त्यो रकम अपुग हुँदा संरक्षणमा समस्या भएको कार्यावाहक वडाध्यक्ष सुशीला चौधरीले बताइन् । उनले शुरुमा गाउँमा थारू ग्राम स्थापना भएपछि ७ देशका विदेशरुहरु घुम्म आएको भन्दै वडाले विभिन्न ठाउँमा संरक्षण र विकासका लागि पहल गरेको भएयता पनि कतैबाट सहयोग नआएको बताइन् । ‘हामीले वडाकोतर्फबाट सक्दो सहयोग गरेका छौँ,‘ उनले भनिन्, ‘तर वडाको सानो बजेटबाट संरक्षण र विकास गर्न पुग्दैन् । हामीले धेरै ठाउँमा पहल गरेका थियौँ । तर, कतैबाट सहयोग आएन् ।’

त्यस्तै उनले समितीले अग्रसर नहुँदा समस्या भएको पनि बताइन् । समितीका अध्यक्ष बृद्ध हुनुहुन्छ । अरु युवाहरुले वास्ता नदिँदा पनि जीर्ण बनेको उनको भनाइ छ । यता घोराही उपमहानगरपालिकाले नुमना थारू ग्रामको विकासका लागि आर्थिक वर्ष २०७७९७८ मा डिपीआर तयार पार्न भन्दै ५ लाख बजेट विनियोजन गरेको थियो । तर, डिपिआरको काम हुन नसक्दा बजेट फ्रिज भएको थियो । यो वर्ष भने उपमहानगरले कुनै शीर्षकमा बजेट छुट्याएको छैन । उपमहानगर दिएको बजेट पनि कार्यान्वयन नहुँदा यो वर्ष त्यहाँको लागि बजेट नराखिएको उपमहानगरले जानएको छ । तर, त्यस ठाउँको विकासका लागि प्रदेश सरकारसँग पहल भइरहेको उपमहानगरका मेयर नरुलाल चौधरीले बताए । उनले नगरस्तरिय पर्यटन समितीको निर्णय अनुसार नै पिकनिक स्थल र होमस्टे संचालन गर्नको लागि सिसहनियाँलाई छनोट गरेको बताए ।

त्यस्तै उपमहानगरले त्यहाँको संरक्षण र विकासको लागि बजेट छुट्टाएको भएयता पनि त्यहाँका स्थानीयहरुले संक्रियता नदेखाएको समेत बताए । उनले अब स्थानीयहरुलाई सक्रिय बनाएर काम अगाडि बढाउने समेत बताए । त्यस्तै विगतका वर्षमा कोरोना महामारीले गर्दा पनि काम गर्न समस्या भएको उनको भनाइ थियो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी