ताजा अपडेट »

प्युठान जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ८ पुग्यो

शनिबार, २२ माघ २०७८, ०८ : ३९
10 Shares

बुटवल । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको  जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ८ पुगेको छ । जसमध्ये बाबु छोरीको पहिचान खुलेको छ। 

प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार जिल्लाको नौंमुखी गाउँपालिका-६ जिनावबाङका ३९ वर्षीय बुवा वसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु भएको छ। यी बाहेक अन्य ६ जना मृतकको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा परि मृत्यु हुनेमा पाँच महिला र तीन पुरूष रहेका छन् । ६ जनाको घटनास्थलमै र २ जनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो ।

बेहुला बेहुलीसहित पाँच घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बेहुला-बेहुली दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख थापाले जानकारी दिए। 

नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।