ताजा अपडेट »

लुम्बिनी प्रदेश: राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभाको शतप्रतिशत मत खस्यो, स्थानीय तहको ६ मत खस्न बाँकी

बुधबार, १२ माघ २०७८, १४ : २६
6 Shares

दाङ । राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो । तीन सिटका लागि लुम्बिनी प्रदेशमा भइरहेको मतदानमा हालसम्म २९६ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङमा भइरहेको मतदानमा खसेको २९६ मत मध्ये २०९ जना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभाका तर्फको शतप्रतिशत अर्थात प्रदेशसभाका ८१ सांसदले नै मतदान गरिसकेका छन् । अब स्थानीय तह तर्फको ६ मत खस्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी