ताजा अपडेट »

लुम्बिनी प्रदेशः राष्ट्रियसभा निर्वाचनमा २८४ मत खस्यो, १२ मत खस्न बाँकी

बुधबार, १२ माघ २०७८, १३ : १३
8 Shares

दाङ । राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो । तीन सिटका लागि लुम्बिनी प्रदेशमा भइरहेको मतदानमा हालसम्म २८४ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङमा भइरहेको मतदानमा खसेको २८४ मत मध्ये २०७ जना स्थानीय तहका जनप्रतिनिधि र ७७ जना प्रदेशसभाका सांसदले भोट हालेका हुन्। अब प्रदेशसभाको ४ मत र स्थानीय तह तर्फको ८ मत खस्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

पाल्पा रामपुरकी उपमेयर बिस्नुदेबी आचार्य हेलिकप्टर चार्टड गरेर काठमाडौबाट दाङ आउँदै गरेकी छिन् । उनमा कोरोना संक्रमण देखिएकाले हेलिकप्टर चार्डर गरेर निर्वाचनमा मतदान गर्न आउन लागेकी हुन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी